Incident Reports

काभ्रेका द्वन्द्वकालका घाइतेहरू मृतक सूचीमा

2016-04-19

Bagmati, Kabhrepalanchok, Bethanchowk

लगत संकलन कार्यदल र स्थानीय शान्ति समितिको लापर्बाहीका कारण ८५ जना घाइते र अपांगता भएका व्यक्ति मृतक सूचीमा छन् । द्वन्द्वकालीन घटनाका उनीहरूले घाइते तथा अपांगता भएका व्यक्तिलाई दिइने सुुविधा नै पाइरहेका छन् । द्वन्द्वकालीन घटनाको विवरण संकलन गर्न गठित कार्यदलले पाँचपटक जिल्लामा गरेको लगत संकलनपछि ०६८ मा सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरूको नाम मृतकको सूची छ । अझ स्थानीय शान्ति समितिले ०७२ सालमा प्रकाशित स्मारिकामा पनि ती व्यक्ति मृतककै सूचीमा छन् । विवरण संकलन हुँदा एमाओवादी जिल्ला अध्यक्ष दिनानाथ गौतम संयोजक थिए । तत्कालीन माओवादी नेतृ रूकु चौलागार्इं कार्यालय सचिव थिइन् । शान्ति समिति संयोजक टुल्कु लामाले प्राविधिक त्रुटि भएकाले सच्याइने बताए । ‘यो प्राविधिक त्रुटि मात्रै हो, हामी सच्याउनेछौँं,’ उनले भने, ‘उहाँहरूलाई मृतक नभई घाइते र अपांगले पाउने सुविधा उपलब्ध गराउँदै आएका छौं । अरू कुरामा फरक परेको छैन ।’ समितिले सच्याउन सिफारिस गरे पनि कार्यदलको म्याद सकिएकाले सच्चिएन । तर, समिति आफैंले ०७२ सालमा प्रकाशित गरेको स्मारिकामा समेत उनीहरूको नाम मृतककै सूचीमा राखेर गल्ती दोहोर्‍याएको हो । संयोजक लामाका अनुसार सशस्त्र संघर्षको समयमा जिल्लाका दुई सय ६५ जनाको मृत्यु भएको थियो । ३९ जना बेपत्ता, ८५ घाइते र अपांगता भएका छन् । नौ जना अपहरणमा, १४ जना टुहुरा, ७५ जना एकल महिला र ५८ जना आन्तरिक रूपमा विस्थापित भएको तथ्यांक छ ।

0 Comments

Related Reports