Incident Reports

पेट्रोल लुकाउने पम्पमाथि कारबाही

2016-04-18

Bagmati, Chitawan, Bharatpur

चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन्। अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले विभिन्न पम्पमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। उनका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरु भएको छ। यस्तै, अर्काे शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताए। जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ। जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ। जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो। मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments