Incident Reports

ढोरपाटन शिकार आरक्ष जाने क्रममा सेनालाई स्थानीयबासीको अवरोध

2016-04-19

Gandaki, Baglung, Nisikhola

बागलुङको ढोरपाटन शिकार आरक्ष जाने क्रममा स्थानीयबासीले बोबाङ गविसमा अवरोध गरेका छन् । नेपाली सेनाको कर्नेल कृष्णराज आचार्य र केही अधिकृतसहित ढोरपाटन शिकार आरक्ष जाने क्रममा स्थानीयबासीले बोबाङ पुगेपछि अवरोध गरेका थिए । सेना आउने थाहा पाएपछि सडक समेत अवरुद्ध गरेका थिए । सडक पन्छाउन गएका सेनाका अधिकृतहरुलाई बोबाङ पुगेपछि स्थानीयबासीले रोकेका थिए । हतियारसहित ७ जनाको टोली रहेको सेनाको कर्नेल आचार्यले आफूहरु हेर्न मात्र हिँडेको भनेका थिए । करिब ९ बजे पुगेका सेनाको टोली प्रमुखले आफूहरु हेरेर मात्र आउने भन्दै टायम मागेपछि स्थानीयबासीले २ बजे बोबाङ आइपुग्नुपर्ने सर्तमा छाडेका थिए । संघर्ष समितिका सदस्य पूर्णबहादुर मगरले जबरजस्ति सेना पठाइए मगराँत प्राप्तिको संघर्ष समेत ढोरपाटनबाटै सुरु हुने चेतावनी दिए । सेनाको टोली प्रमुख आचार्यले भने सरकारले गरेको निर्णयलाई आफूहरुले पालना गर्नुपर्ने र बाधा अवरोधहरु पन्छाउँदै भए पनि क्याम्प खडा गर्नुपर्ने कुरा राखेको बताइएको छ । बोबाङ घुमेर आएका सेनाको टोलीसग करिब ३ घण्टा छलफल भएको छलफलमा सहभागी बोबाङका हरी घर्ती मगरले बताए । छलफलको क्रममा स्थानीयबासीले ढोरपाटन शिकार आरक्षमा सुरक्षाको कुनै आवश्यक नभएको, आरक्ष खारेज गरेर समुदायमा हस्तान्तरणको माग रहेको लगायतका कुरा बताएका थिए । यिनै मागहरु राखेर आफूहरु लामो समयदेखि सेना ल्याउने सरकारी निर्णयको खारेजीको माग गर्दै आएको र जवरजस्ति पठाए कडा संघर्ष हुने प्रष्ट कुरा राखेको छलफलमा सहभागी हरी घर्ति मगरले बताए । सेनाको टोली प्रमुख आचार्यले भने सरकारले गरेको निर्णयलाई आफूहरुले पालना गर्नुपर्ने र बाधा अवरोधहरु पन्छाउँदै भए पनि क्याम्प खडा गर्नुपर्ने कुरा राखेको बताइएको छ । कुरा राख्ने क्रममा केहीबेर भनाभनसमेत भएको थियो । यता ढोरपाटन शिकार आरक्ष पीडित संघर्ष समितिका संयोजक सुरेन्द्र पुन मगरले पीडितहरुको संघर्ष जारी रहने बताउँदै आएका छन् । संघर्ष समितिका सदस्य पूर्णबहादुर मगरले जबरजस्ति सेना पठाइए मगराँत प्राप्तिको संघर्ष समेत ढोरपाटनबाटै सुरु हुने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Army
Actor 2 - Youth na
National/Online Media

0 Comments