Incident Reports

लुम्बिनी अञ्चल अस्पतालका कर्मचारी आन्दोलनमा, काम प्रभावित

2016-04-26

Lumbini, Rupandehi, Butwal

लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि कामकाज प्रभावित भएको छ । कर्मचारी युनियनको नेतृत्वमा विगत ३ दिनदेखि अस्पतालमा आन्दोलन जारी छ । आन्दोलनकारीले संवेदनशील क्षेत्र अस्पताल अगाडि नाराबाजी गर्दै प्रदर्शन गरे । आन्दोलनमा उनीहरुले २०४६ सालदेखि अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरुको ७५ प्रतिशत सेवा अवधि अस्थायी सेवामा गणना गरिनुपर्ने, विकास समिति कर्मचारीहरुको स्तरवृद्धि तथा वढुवा गरिनुपर्ने, करार सेवामा कार्यरत कर्मचारीलाई आन्तिरिक प्रतियोगिता मार्फत स्थायी गरिनुपर्ने माग राखेका छन् । यसैगरी अस्पताल बिकास समितिले विभिन्न दरवन्दी श्रृजना गरी अस्पताललाई भर्तीकेन्द्र वनाएकाले त्यो तत्काल बन्द गरिनुपर्ने, अस्पतालको आम्दानी र खर्च श्वेतपत्रमार्फत सार्वजनिक गरिनुपर्ने, लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरवृद्धि गरी केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुेपर्ने उनीहरुका माग छन् । आफूहरुका ६ सुत्रीय माग पूरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले चेतावनी दिए । पटक-पटक आफूहरुले राखेका मागहरु अस्पताल विकास समिति र अस्पताल प्रशासनले चासो नदेखाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको आन्दोलनका संयोजक रामबहादुर पिएसले बताए । उनले बैशाख १२ गतेदेखि १८ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने, प्रशासनमा धर्ना दिने जस्ता कार्यक्रमहरु रहेको जानकारी दिए । यति गर्दा पनि सुनुवाइ नभए युनियनले कठोर निर्णय गरेर अगाडि बढ्ने उनले चेतावनी दिए । ट्रेड युनियन कांग्रेसको ऐक्यवद्धता लुम्बिनी अञ्चल अस्पतालमा आन्दोेलनरत कर्मचारीको पक्षमा नेपाल ट्रेड यनियन कांग्रेसले ऐक्यवद्धता जनाएको छ । लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुको सेवा सुविधाको विषयमा अस्पतालले बेवास्ता गरेकोप्रति गंभीर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनले तत्काल कर्मचारीहरुसंग संवाद गरी समस्याको समाधान गर्न विज्ञप्तिमार्फत माग गरेको छ । टे्रड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कर्मचारीका समस्यालाई नजरअन्दाज गरी नयाँ कर्मचारी भर्ना गर्न निकालिएको विज्ञापन खारेज गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments