Incident Reports

दुई थान भरुवा बन्दुकसहित संखुवासभामा दुई पक्राउ

2016-05-04

Province 1, Sankhuwasabha, Makalu, Ward 9

संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । मादी नगरपालिका २ का ६५ वषिर्य केशर बहादुर देवान र सोही ठाउँका ५३ वर्षीया सुरेन्ऽ देवानको घरबाट मंगलबार प्रहरीले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेष सुचनाका आधारमा प्रहरी चौकी मादीरामवेनी र मादी मुलखर्कबाट खटिएको टोलीले दुबै जनाको घर खानतलासी गर्दा बन्दुक बरामद भएको थियो । पक्राउ परेका र बरामद बन्दुक आवश्यक अनुसन्धानकालागी प्रहरी चौकी मादी रामवेनीमा राखिएको छ ।

0 Comments