Incident Reports

बहुविवाहको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

2016-05-03

Madhes, Siraha, Aurahi

बहुविवाह गरेको आरोपमा लक्ष्मीनिया गाविस-६ का २३ वर्षीय शुरेश यादव र कान्छी पत्नी २२ वर्षीया रोमा विकलाई जिल्ला अदालत सिरहाले वैशाख २० गते दुवै जनालाई एक वर्ष ६ महिनाका दरले कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । लक्ष्मीनिया गाविस-६ की २३ वर्षीया कारी यादवले २३ वर्षीय पति शुरेश यादवले उदयपुर जिल्ला कटारी नपा-३ की रोमा विकसँग ०७२ मङ्सिर ९ गते बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर १७ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले उनीहरूलाई मङ्सिर १७ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले पुस १६ गते आरोपितहरूलाई जनही १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, आरोपित शुरेशलाई भने बलात्कार प्रयासको अर्को मुद्दामा अदालतले तीन वर्षको सजाय दिएकोले उनलाई कारागार चलान गरिएको थियो ।

0 Comments