Incident Reports

डीडीसीका प्रबन्धक साह विरुद्ध मुद्दा दायर

2016-05-10

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान(डीडीस)का प्रबन्धक शत्रुघ्न प्रसाद साह विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले साहकी पत्नी सुशीला कुमारी साहलाई समेत प्रतिवादी बनाई २ करोड ३८ लाख रुपैंया गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । संस्थानको टेक्निकल अफिसरदेखि प्रवन्धक पदमा रहदासम्म १ करोड ४४ लाख रुपैयाँ बैध आर्जन गरेकोमा ३ करोड ८३ लाख रुपैंया खर्च गरेको अख्तियारको दावी छ । अख्तियारल बैध आम्दानीको तुलनामा बढी भएको खर्चलाई अस्वभाविक मानी गैरकानूनी आर्जन गरेको दावी गरेको हो । विशेष अदालतका अनुसार, मुद्दा चल्नु अघिसम्म पदमा बहाल रहेका साहको १३ बटा बैंकको २१ वटा शाखामा छुट्टाछुट्टै खाता भेटिएको थियो । उनको बैंक मौज्दातमात्रै ९३ लाख रुपैयाँ भेटिएको छ । त्यसैगरी विभिन्न बैंक, सहकारी एवं जनविद्यूत कम्पनीमा उनको शेयर रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यसैगरी साहले टोखामा ४ तले र हेटौडामा एक तले घर निर्माण गरेका थिए, जसमा ८८ लाख ९२ हजार रुपैंया लगानी भएको अख्तियारले मूल्यांकन गरेको छ । त्यसबाहेक शेयरमा ४९ लाख र जग्गा खरिदमा करिव ५१ लाख लगानी गरेको आरोपपत्रमा उल्लेख छ ।

0 Comments