Incident Reports

प्रहरी ज्यादतीःबालकलाई जुत्ताको माला

2016-05-11

Karnali, Surkhet, Chaukune

" प्रहरी चौकी, गुठुले कुटपिट आरोपमा पक्राउ दुई बालकलाई जुत्ताको माला लगाएर बजार घुमाएको छ । स्थानीय एक युवकलाई कुटपिट गरेको आरोपमा पक्राउ वीरेन्द्रनगरका कृष्णबहादुर थापा र गुठुका प्रवेश सुनारलाई प्रहरीले जुत्ताको माला लगाएर बजार परिक्रमा गराएको हो । यो घटना गत १४ गतेको हो । आफन्तले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका हुन्। प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हबलदार कमल विक, प्रहरी जवानद्वय अर्जुन चन्द र प्रदीप खड्काले कुटपिट र चोरी आरोपमा आफूहरूलाई मोसो र जुत्ताको माला लगाएर स्थानीय बजार परिक्रमा गराएको पीडितले बताएका छन् । 'सामाजिक अपराध गर्नेलाई हामी यस्तै सजाय दिन्छौं' भन्दै प्रहरी हबलदार विकले उनीहरुलाई कुटपिट गर्दै एक घन्टा बजार परिक्रमा गराएका थिए । प्रहरीको ज्यादतीपछि१३ वर्षीय प्रवेश टोलाइरहन्छन् । प्रहरीले स्थानीयलाई घटनाबारे बाहिर भने बेपत्ता पार्ने धम्कीसमेत दिएका थिए । 'जुत्ताको माला लगाएर कुटपिट गर्दै बजार घुमाउन लागेको फोटो र भिडियो मोबाइलबाट खिच्न लाग्दा प्रहरीले बेपत्ता पार्ने धम्की दिए,' एक स्थानीय व्यापारीले भने, 'त्यसैले घटनाको यति धेरै दिनसम्म हामीले प्रहरीको ज्यादती सहेर बस्न बाध्य भयौं ।' पत्रकार सम्मेलन आफन्तहरूले पीडितको उपचार, कुटपिट र जुत्ता माला लगाएर बजार घुमाउने प्रहरीलाई कारबाही माग गरे । 'मेरैअघि छोरालाई कुटपिट गर्दै जुत्ताको माला लगाएर बजार परिक्रमा गराइयो।' प्रवेशका बुबा रणबहादुरले भने, 'त्यसो नगर्न बिन्ती गर्दा मैलेसमेत प्रहरीको कुटाइ खाएँ ।' स्थानीयबासिन्दाका अनुसार वैशाख १३ गते मंगल जोशी र दीपेन्द्र रोकायबीच बजारमा झगडा भएको थियो । झगडा छुट्याउन गएका प्रवेश र कृष्णको नाममासमेत दीपेन्द्रले प्रहरीमा उजुरी दिए ।१४ गते प्रहरीले कृष्णलाई पक्राउ प¥यो । प्रवेशलाई बुबा रणबहादुरले लगेर प्रहरी चौकीमा बुझाए । 'छोराले केही गल्ती गरेकै थिएन्, उजुरी परिसकेपछि छलफल गर्नुपर्छ भन्ने लागेर आफैं ल्याएर प्रहरी जिम्मा लगाएँ,' रणबहादुरले भने, 'पु¥याउने बित्तिकै प्रहरीले लाठी, बुट र मुक्काले हाने ।' आठ कक्षामा पढ्दै गरेका प्रवेश घटनापछि विद्यालय जान छोडेका छन् । 'राति सुत्दा बर्बराउछ, दिनभर टोलाएर बस्छ।' उनका बाबुले भने । पीडितले दोषीमाथि कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले दर्ता गर्न मानेको छैन् । 'पहिले तपाईंहरू मिलेर आउनुस्, हामी उपचार गरिदिन्छौं भन्छन्,' उनले भने, 'जिल्ला प्रहरीमा निवेदन दिएको १२ दिन भयो दर्ता भएको छैन् ।' घटनामा संलग्न प्रहरीले फोन गरेर दिनदिनै धम्की दिन्छन् । प्रहरीले घटना स्वीकारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र श्रेष्ठले घटनालगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक कमल विष्टलाई छानबिन गर्न निर्देशन दिएका थिए । विष्टले गुठु पुगेर घटना अनुसन्धान सुरु गरेको बताए । 'पक्राउ कृष्ण र प्रवेश हिरासतबाट भागेपछि त्यहा" कार्यरत प्रहरीले उनीहरूलाई समातेर कुटपिट गरेका रहेछन्,' उनले भने, 'हामीले घटनाका विषयमा छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाएका छौं ।' बालकलाई कुटपिट गर्ने र जुत्ताको माला लगाएर बजार घुमाउने प्रहरीचौकी गुठुका निमित्त इन्चार्ज प्रहरी हबलदार कमल विक, प्रहरी जवानद्वय अर्जुन चन्द र प्रदीप खड्कालाई इलाका प्रहरी कार्यालय बाबियाचौरमा तानेर कारबाही प्रक्रिया सुरु गरिएको विष्टले बताए । 'हाम्रो तर्फबाट गल्ती भएको छ, गल्ती गर्नेलाई कारबाही प्रक्रिया पनि सुरु गरेका छौं ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Secondary Form Public humiliation
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments