Incident Reports

कुटपिट गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी

2016-05-12

Karnali, Jumla, Chandannath

 चन्दननाथ नपा-७ की २३ वर्षीया लक्ष्मी थापालाई २५ वर्षीय पति क्षेत्रबहादुर थापाले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी गरेकी छन् । थापाले वैशाख ३० गते लाठी प्रहार गर्दा निधारमा चोट लागेर घाइते भएकी लक्ष्मीले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी हुन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराएको पीडितले बताइन् । लक्ष्मीको निधारमा चार ओटा टाँका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए । पीडितका अनुसार पतिले जग्गा बेचविखन गरेर जुवातास र मदिरा सेवन गरी पटक पटक कुटपिट गर्ने गरेका छन् । उनले भनिन्-'धेरै पटक वहाँले दुःख दिए पनि लाज मानेर घरमा बसें । अहिले सारै यातना दिएपछि प्रहरीमा उजुरी गर्न आएकी हुँ ।' जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिलबहादुर थापाले उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । उनका अनुसार उजुरी दिएपछि आरोपित फरार रहेका छन् । उनीहरूका एक जना छोरा र एक जना छोरी छन् । मानदत्त रावल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments