Incident Reports

मानवबेचबिखनको ठहरमा २० वर्षकैद र २ लाख जरिबाना

2016-05-17

मानव बेचबिखन गरेको ठहर गर्दै नुवाकोट राउतवेसी-१ वस्ने वर्ष २६ का मनपर्ने तामाङ र नवलपरासी अमरापुरी-५ वस्ने वर्ष १९ का विनोद विकलाई चितवन जिल्ला अदालतको जेठ ३ गतेको इजलासले २० वर्षकैद र २ लाख जरिबाना फैसला गरेको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । ०७० साल माघ २५ गते १७ वर्षीया एक युवतीलाई बेच्ने प्रयोजनका लागि भारततर्फलाने क्रममा गिरफ्तारीमा परेका उनीहरूलाई यस्तो फैसला सुनाइएको हो । दिपेन्द्र अधिकारी

0 Comments