Incident Reports

गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

2016-05-18

Bagmati, Kathmandu, Kathmandu

दुई दिन सिंहदरबार र एक दिन बालुवाटार घेराउ गरेको संघीय गठबन्धनले बुधबार रत्नपार्कस्थित शान्ति वाटिकमा आमसभा गर्ने भएको छ। गठबन्धनले सोही आससभामार्फत थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्ने भएको छ। गठबन्धनको बुधबार विहान बसेको बैठकले थप दश दिनका लागि आन्दोलनको कार्यक्रम तय गरेको गठबन्धनका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले काठमाडौं केन्द्रित दश दिने कार्यक्रम घोषणा गरेको हो। संधिवानका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको गठबन्धनले जेठ लागेपछि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको थियो। आइतबार र सोमबार सिंहदबार घेराउ गरेको गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन र धर्ना दिएको थियो। गठबन्धनले बिहीबारदेखि सुरु हुने गरी पुन आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। गठबन्धनले राजधानीका तीनवटै जिल्लाका विभिन्न स्थानमा जुलुससहित कोणसभा गर्ने कार्यक्रम सार्वजनिक गरेको हो। जसअनुसार काठमाडौंको नयाँ बानेश्वर, चावहिल, असन, बसन्तपुर बालाजु, कलंकीलगायतका स्थानमा जुलुससहित प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ। यसैगरी ललितपुरको मंगलबजार र भक्तपुरको न्याक्तपोलमा जुलुससहित प्रदर्शन गर्ने कार्यक्रम छ। यसैगरी १६ र १७ गते वीरगंज र पोखरामा आमसभा गर्ने कार्यक्रम तय गरेको तमलोपा उपाध्यक्ष बृशेषचन्द्र लालले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis