Incident Reports

नगर कार्यालय सार्न लागेको विरोधमा चक्का जाम

2016-05-18

Madhes, Dhanusha, Janakpur

गणेशमान-चारनाथ नगरपालिका कार्यालय सार्न लागेको उल्लेख गर्दै चरणवद्ध आन्दोलनमा उत्रेका बिरेन्द्रबाजारवासीहरु बुधवार सरकार विरोधी प्रदर्शन गर्नुका साथै एक घन्टासम्म पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन् । २०७१ साल मंसिर १६ गते मुलुकमा ६१ वटा नगर पालिका घोषणा गरिदा गणेशमान-चारनाथ नगर पालिका पनि घोषणा गरिनुका साथै बिरेन्द्र बाजारमा केन्द्र-नपा कार्यालय) स्थापना गरिएको थियो तर २०७२ साल असोज १ गतेको मन्त्री परिषद्को निर्णयबाट उक्त नगरपालिकाको कन्द्र गोदारमा स्थापना गर्ने निर्णय गरिएको थियो । आन्दोलनरत्त स्थानीयवासीले तत्कालीन स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको दवावमा बिरेन्द्रवाजारबाट केन्द्र सार्ने निर्णय भएको उल्लेख गर्दै सिंह विरोध चर्का नारावाजी पनि गरेका थिए । भरतपुर, गोदार, लवटोली तथा बरमझिया गरी चार गाविसलाई जोडेर गणेशमान-चारनाथ नगर पालिका स्थापना गरिएको हो । बिरेन्द्रबाजार भरतपुर र बरमझियाको मध्यमा पर्छ । भरतपुरको जनसंख्या १९ हजार हो भन्ने बरमझियाको जनसंख्या ४ हजार भन्दा अधिक छ । जवकी गोदारको जनसंख्या साढे ३ हजार र लवटोलीको जनसंख्या अढाई हजारमात्र छ । स्थानीय महेशलाल यादवले भने- आम नागरिकलाई पायक पर्ने तथा शिक्षा,स्वास्थ्य,यातायात लगायतका भौतिक सुविधा भएको बिरेन्द्रबाजारमा नगर पालिकाको कार्यालय नराखि गोदारमा राखिनुको पछाडि राजनीति षडयन्त्र छ ।' जेठ ३ गते बिरेन्द्रबाजार स्थित नगरपालिका कार्यालयमा तालाबन्दी गरेर सुरु भएको चरणवद्ध आन्दोलनको तेश्रो दिन बिरेन्द्रबाजारमा आयोजित कोण सभालाई संवोधन गर्ने काँग्रेस,एमाले,एमाओवादी तथा मधेस केन्दि्रत दलका नगर प्रमुखहरुले बिरेन्द्रबाजारबाट कार्यालय सार्न नहुने चेतावनी दिए । एमाओवादी नगर कमिटिका कोषाध्यक्ष दुर्गावहादुर मल्लले बिरेन्द्रबाजारवासीको मांग पूरा नभए आफू पार्टीबाटै राजिनामा दिने घोषणा गरेका थिए । गणेशमान-चारनाथ नगर पालिकाका कार्यकारी निर्देशक लक्ष्मेश्वर यादवले आफू नेपाल सरकारको कर्मचारी भएकोले मन्त्रीपरिषद्को निर्णय मान्न बाध्य रहेको बताए । कान्तिपुरसंगको फोन सम्पर्कमाा उनले भने-'सरकारले बिरेन्द्रबाजारमै थमौती गरे,यही बसेर काम गर्छु । गोदार सारे त्यहाँ गएर काम गर्छु ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Secondary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments