Incident Reports

गण्डकी मेडिकल कलेज सम्बन्धनमा भ्रष्टाचार अाराेप, १२ विरुद्ध मुद्दा

2016-05-20

Bagmati, Kathmandu, Kathmandu, Ward 10

झुठा पूर्वाधार देखाई मिलेमतोमा सम्बन्धन प्राप्त गरी कलेज सञ्चालन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेजका सञ्चालकलगायत १२ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर छ। त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र संस्थानबाट सम्बन्धन प्राप्त गरेको गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्राली(पोखरा)लाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेर सम्बन्धन दिन गठन गरिएको पूर्वाधार निरीक्षण टोलीका सदस्य तथा सञ्चालकले हुँदै नभएका विवरण समावेश गरी प्रतिवेदन दिएको र सोही आधारमा सम्बन्धन प्रदान गरिएको पाइएको आयोगको ठहर छ। कलेजका अध्यक्ष खुमा अर्याललगायत सञ्चालकहरुले त्रिविबाट पद स्वीकृत नै नभएका फ्याकेल्टीहरुको विवरण समावेश गरेको, १ सण् ५० विद्यार्थीको सीट संख्यालाई आवश्यक पूर्वाधार नभए पनि छ भनी झुठो विवरण पेश गरेको पुष्टि भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०४९ बमोजिम कसुरको मात्राअनुसार सजाय मागदाबीसहित आरोप पत्र दायर गरेको आयोग प्रवक्ता कृष्णहरी पुष्करले विज्ञप्ती मार्फत जानकारी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments