Incident Reports

स्वतन्त्र मधेसको नारा लगाउने सिके राउतका २२ कार्यकर्ता लुम्बिनीबाट पक्राउ

2016-05-21

Lumbini, Kapilbastu, Kapilbastu, Ward 3

स्वन्तन्त्र मधेसको नारा लगाउने सिके राउतका २२ कार्यकर्तालाई प्रहरीले लुम्बिनीबाट पक्राउ गरेको छ । शनिबार लुम्बिनीमा बौद्ध सम्मेलन आयोजनास्थल नजिकै राउतका कार्यकर्ताले स्वन्तन्त्र मधेस, सिके राउतलाई रिहा गर, मधेसमा नेपाली उपनिवेश अन्त्य गर लगायतका नारा लगाएका थिए । त्यस्तै शनिबार सर्लाहीबाट पनि ११ जना आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बैठक गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका राउतले आफ्ना कार्यकर्तामाथि प्रहरीले व्यापक धरपडक र दमन गरिरहेको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 33
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis