Incident Reports

भ्रष्टाचार आरोपमा गाविस सचिव पक्राउ

2016-05-23

Madhes, Mahottari, Sonama, Ward 6

सुन्दरपुर तथा फूलहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ। बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाले पक्राउ गर्न लिखित आदेश दिएअनुसार गाविस सचिवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए। पक्राउ परेका यादवलाई आजै आयोगको क्षेत्रीय कार्यालय हेटौडा पठाइएको छ। सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिवको रुपमा कार्यरत सचिव यादवविरुद्ध विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपसहित उजुरीहरु परेको र ती उजुरीको छानबिनका सिलसिलामा बारम्बार बोलाउँदा समेत सम्पर्कमा नआएपछि प्रहरी लगाई यादवलाई छानबिनको लागि समातिएको आयोगको क्षेत्रीय कार्यालय हेटौँडाका उपसचिव नरेन्द्र भट्टराईले बताए। रासस
National/Online Media

0 Comments