Incident Reports

काठमाडौें जिशिकाका स्रोत व्यक्ति ५० हजार घुस लिएको आरोपमा पक्राउ

2016-05-23

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौंका जिल्ला शिक्षा कार्यालयअन्तर्गतका स्राेत व्यक्ति ईश्वरप्रसाद अर्यालले ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ स्थित प्रि मन्टेश्वरी स्कुल अपग्रेड गर्नका लागि अनुमति दिने कार्यमा ढिलासुस्ती गरी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनलाई घुसबापत लिएको ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पक्राउ परेका स्रोत व्यक्ति अर्यालमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ५० हजार विगो तथा दण्डसजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरेको विज्ञप्तीमा जनाइएको छ।

0 Comments