Incident Reports

पटकपटक छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

2016-05-30

Gandaki, Gorkha, Gorkha

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ । आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । प्रनाउ थापाले भने, “चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएका छौँ ।” चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ । गत एक महिनाको अवधिमा गोरखामा पाँच वटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments