Incident Reports

बलात्कार गर्न खोज्ने पक्राउ

2016-05-21

Province 1, Khotang, Barahapokhari, Ward 2

बलात्कार गर्न खोजेको आरोपमा खोटाङको बराहपोखरी–२ गहतेका ३६ वर्षीय लवजित राई पक्राउ परेका छन् । सोही गाविसकी ३६ वर्षीया महिलालाई श्रीमान नभएको मौका पारेर जबर्जस्ती गर्न खोजेको आरोपमा प्रहरीचौकी बराहपोखरीले राईलाई पक्रेको हो। आरोपितमाथि जेठ ७ गते साँझ श्रीमान धानमा पानी हाल्न गएको मौकामा घरैमा आएर महिलालाई जबर्जस्ती तानेको र नमानेपछि भुइँमा लडाएर बलात्कार प्रयास गरेको आरोप छ। शनिबार पक्राउ परेका राईलाई आइतबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइएको डिएसपी विद्यानन्द माझीले बताए। आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। जबर्जस्ती गर्न खोजेपछि लात्ताले ठेलेर बलात्कार हुनबाट बचेको पीडित महिलाले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । महिला रक्षक सञ्जालको सहयोगमा पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । बलात्कार प्रयास असफल भएपछि आरोपितले पीडितकी नाबालक छोरीलाई कुटपिटसमेत गरेको जनाइएको छ। घटना विषयमा कसैलाई नभन्न भन्दै राईले पीडित महिलाकी नाबालक छोरीलाई १५० रुपैयाँ दिएर फकाएको जानकारी आएको महिला रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णमाया तामाङले बताइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments