Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-31

Madhes, Dhanusha, Janakpur

३५ वर्षीया एक महिलालाई ६ जनाको समूहले जेठ ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुर उमनपा-२४ का १९ वर्षीय आकाश सहनी, सोही उमनपा-२३ का २० वर्षीय अमर साह, १८ वर्षीय फिरोज राइन र महोत्तरी गौशला नपा-७ का राजेश साहलार्इ गिरफ्तार गरेको छ । पीडित महिलामाथि सामूहिक बलात्कार भइरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य गरी चार जनालाई गिरफ्तार गरेको छ भने अझै दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडित पक्षले जेठ १० गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोखरेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते जनकपुर अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments