Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-05-31

Gandaki, Kaski, Pokhara Lekhnath

१५ वर्षीया र १४ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा उमनपा-६ बैदामका ४५ वर्षीय दामोदर गिरीलाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । ती दुवै जना बालिकालाई जेठ १७ गते विभिन्न स्थानमा घुमाइदिने भन्दै आरोपितले आफ्नो कारमा लगेर पोखरा उमनपा-९ न्यूरोडस्थित एक घरको कोठमा पुर्‍याएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते प्रहरीमा उजुरी दिएका थिए । आरोपितलाई उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । दुवै जना बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments