Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको ठहर गर्दै ६ महिना जेल सजायको फैसला

2016-06-12

Province 1, Udayapur, Udayapurgadhi, Ward 8

५१ वर्षीया अम्रिमाया तामाङ्लाई कथित बोक्सीको आरोपमा सार्वजनिक स्थानमा दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले जेठ ३० गते भलायडाँडा गाविस-३ की २६ वर्षीया मीनाकुमारी तामाङलाई ६ महिना जेल र ५ हजार जरिबानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश राजकुमार कोईरालाको इजालासले तामाङलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो । सोही मुद्दाका आरोपित ३२ वर्षीया सुनमाया तामाङ र २७ वर्षीय गौरबहादुर तामाङलाई अदालतले सफाई दिएको स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए । अदालतले ०७२ माघ १० मा आरोपित मध्येका गौरबहादुरलाई पूर्पक्षका लागि थुनामा र मीनाकुमारी र सुनमायालाई १४/१४ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरूले ०७२ पुस १७ गते पीडित महिलालाई कथित बोक्सीको आरोप लगाई सार्वजानिक स्थानमा दुर्व्यवहार गरेको आरोप लागेको थियो । दुर्व्यवहारपछि पीडित परिवारले पुस १९ गते आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सो घटनापछि पीडित महिला गाउँबाट विस्थापित भएर त्रियुगा नपा-३ मा आफन्तसँग बस्दै आएकी थिइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments