Incident Reports

बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत

2016-07-04

Madhes, Rautahat, Gaur

अवोध बालिकालाई बालात्कार गरेको आरोपमा रौतहट प्रहरीले आइतबार एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। संकेत नम्बर गौर ३२ बी १ की ९ वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका वडा नम्बर १० सपगढाटोलका १९ वर्षीय सुनिल भन्ने शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार घरवाट बाख्रा चराउन गएको मौका छोपेर साँझ साढे ५ बजेको समयमा अभियुक्त साहले अवोध बालिकालाई विभिन्न प्रलोभन देखाएर नजिकै रहेको लाल बकैया नदीको पूर्व किनारमा अवस्थित काँसघारीमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए। अवोध बालिकामाथि बलात्कार गरेर फरार रहेका अभियुक्त साहलाई घटना घटेको तीन दिनपछि भारतको चैनपुर बजारबाट पक्राउ गरेका छन्। अवोध बालिकामाथि जबरजस्ती करणी गर्ने क्रममा असहज भएर चिच्याउन खोज्दा पिडक साहले कसैलाई भने ज्यान मार्ने धम्की दिँदै फरार भएका थिए। बलात्कारको शिकार भई घर आएका नाबालिकाको आमाले छोरीको हालत देखेर सोधेपछि पीडित बालिकाले आमालाई आफूमाथि भएको घटनाबारे जानकारी गराएको थियो । पीडित बालिकाका बुबा रोजगारीका लागि भारत गएकाले उनकी आमाले स्थानीयको सहयोगमा घटना भएको करिब ५ घण्टापछि जिल्ला प्रहरी कार्यालय गौरलाई जानकारी गराएकी थिइन्। वालीका बलात्कृत भएको घटनाबारे जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले पीडितको घरमा पुगेर बालिकालाई उपचारको लागि जिल्ला अस्पताल गौर लगेर भर्ना गरिएको प्रहरी प्रबक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताए। नाबालिकालाई बलात्कार गरेर फरार भएका अभियुक्त साहलाई पक्राउ गर्न प्रहरीले निजका बुवा, मामा, दाइ गरी घरका पाँच जना आफन्तलाई नियन्त्रणमा लिई अभियुक्त खोजिको लागि स्पेशल प्रहरी टिम नै परिचालन गरेको डिएसपी भण्डारीले बताए । अभियुक्त साहका घर परिवारका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा सीमावर्ती भारतको चैनपुरस्थित आफन्तको घरमा भागेर गएको बताएपछि प्रहरीले आइतबार बिहान पीडक साहलाई पक्राउ गर्न सफल भएको थियो। जिल्ला अस्पताल गौरका मेडिकल अधिकृत डाक्टर यासमिन प्रविणले अबोध बालिकामाथि बलात्कार भएको लक्षणहरु देखिएको बताए । जबरजस्ती करणी पश्चात उनको गुप्तांगमा घाउ भएको र अवस्था खतरा मुक्त रहेको डाक्टर यासमीनले बताईन। बलात्कार अभियोगमा पक्राउ परेका साहलाई हिरासतमा राखी जबरजस्ती करणी ऐनअन्तर्गतमुद्दा चलाउनको लागि जिल्ला अदालत गौरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments