Incident Reports

लक्ष्मणपुर बाँध पीडितको प्रर्दशन

2016-07-05

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले उत्पन्न गरेको डुबान, कटान र पटान समस्याको दीर्घकालीन समाधानको माग गर्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन्। नेपालगन्जको फुलटेक्राबाट प्रर्दशन सुरु गरेर उनीहरुले सदरलाइन हुँदै जिल्ला प्रशासनको मुलगेटमा केहीबेर धर्ना दिएका छन्। लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिको अगुवाइमा ठूलो संख्यामा सोमबार नेपालगन्ज आएका स्थानीयले प्रर्दशनसहित स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। बर्खायाम सुरु भएसँगै राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय बासिन्दा त्रसित छन्। राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध निर्माण गर्न, पीडितलाई भारतबाट क्षतिपूर्ति दिलाउन, तत्कालकालागि सुरक्षित बसोबासको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन्। ज्ञापन पत्र बुझिसकेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले उत्पन्न गरेको डुबान समस्या समाधान केन्द्रबाटै हुनुपर्ने बताए। ‘स्थानीय रुपमा गर्नुपर्ने काममा हामीले कुनै कसर बाँकी राखेका छैनौं,’ उनले भने ‘सबै कुराको समाधान केन्द्रबाट गर्नुपर्ने देखिन्छ।’ राप्ती नदीको प्राकृतिक निकास थुन्ने गरी भारतले अन्तर्राष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण करिव ४ हजार विघा खेतीयोग्य जमिन कटान र डुबान गर्नुका साथै ६ हजार बासिन्दा विस्थापित भएको संघर्ष समितिले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments