Incident Reports

बल्खु तरकारी बजारमा मन्त्रीसहितको अनुगमन टोलीमाथि आक्रमण

2016-07-05

Bagmati, Kathmandu, Nagarjun

बल्खु तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ । अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् । उनीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए । अधिकांश ढकतराजु प्रमाणीत नभएको पाइपछि कारबाही गर्न लाग्दा व्यापारीहरुले तरकारी र पानीको बोत्तलले अनुगमन टोलीलाई हानेका थिए । प्रहरीको थप उपस्थिति बढेपछि दुबै पक्षवीच अहिले छलफल भइरहेको छ । व्यापारीहरुले एक हप्ताभित्र नापतौल विभागबाट प्रमाणित गराउने भन्दै ढक/तराजु जफत नगर्न समेत माग गरिरहेका छन् । अहिले त्यस विषयमा अनुगमन टोली र व्यापारीहरुवीच वार्ता भइरहेको छ । उनीहरुले यसअघि ढक तराजुमा नापतौल विभागले प्रमाणित गर्नुपर्छ भन्ने थाहा नभएको बताएका छन् । तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments