Incident Reports

सर्लाहीमा सुकुम्बासी र प्रहरीबिच झडप, पाँच प्रहरी घाइते

2016-07-04

Madhes, Sarlahi, Barahathawa

सर्लाहीको मूर्तियामा सुकुम्बासीसँग झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । सागरथान वन विकास परियोजनाको २९ सय हेक्टर जमिन अतिक्रमण गरेर बसेका सुकुम्बासीले लगाएको मकै फाँड्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । झडपको क्रममा सुकुम्बासीले ढुंगा प्रहार गरेपछि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारीदिनुभयो । वन परियोजनाको जग्गामा झण्डै ८ हजार घरपरिवारले खेती गरेका छन् ।

Update ........... सर्लाहीमा प्रहरी र सुकुम्बासीबिच भएको झडपमा ३० जना घाइते सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएका सुकुम्बासी र प्रहरीबिच सर्लाहीको ढुंग्रेखोलामा झडप हुँदा ३० जना घाइते भएका छन् । सोमबार दिउँसो ढुंग्रेखोला-६ धरहरामा भएको झडपमा परी १४ जना प्रहरी र १६ जना सुकुम्बासी घाइते भएका छन् । घाइते मध्ये केही सुकुम्बासीलाई प्रहरीले चलाएको गोली लागेको छ । टाउकोमा रबरको गोली लागेका ढुंग्रेखोला–६ का संजिब बम्जनलाई उपचारका लागि भरतपुर लगिएको छ । २८ जना सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केही महिला पनि छन् । सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी लगाइएको खेती नष्ट पार्न गएको प्रहरी टोली र परियोजनाको जग्गामा वर्षौंदेखि खेती गर्दै आएका सुकुम्बासीबिच झडप भएको हो । परियोजना क्षेत्रमा लगाइएको खेती नष्ट गर्न गएको प्रहरी टोलीमाथि स्थानिय बासिन्दाले ढुंगामुढा गर्न थालेपछि झडप भएको सर्लाहीका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । सुकुम्बासीले हानेको ढुंगाले लागेर दुई जना सई सहित १४ जना प्रहरी घाइते भएका छन् । संगठित रुपमा बसेका स्थानीय बासिन्दाले गुलेली र ढुंगा प्रहार गरेर प्रहरीलाई भगाउने प्रयास गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि उनीहरु तितरभितर भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रवरका गोली चलाएको छ । घटनास्थलमा अहिले सात सयभन्दा धेरै प्रहरी परिचालित छन् । प्रहरी सुरक्षामा परियोजनाका कर्मचारीले सोमबार बिहानैदेखि मकै फडानी गरिरहेका छन् । अहिलेसम्ममा २० विगाहाभन्दा धेरै जमिनको मकै फँडानी भैसकेको छ । सुकुम्बासीको नाममा परियोजनाको जग्गा अतिक्रमण गरी खेतीगर्ने क्रम बढेपछि बल प्रयोग गर्नु परेको परियोजना प्रमुख ज्ञानेन्द्र मिश्रले बताउनुभयो । अतिक्रमित जग्गाको खेती नष्ट पार्ने क्रमलाई निरन्तरता दिइने परियोजनाले जनाएको छ । सुकुम्बारी समूहको नेतृत्वविप्लब नेतृत्वको नेकपामाओवादीले गरेको छ । नेकपामाओवादीविप्लब समूहका सर्लाहीजिल्ला सेक्रेटरी कुमार पौडेलले सुकुम्बासीले लगाएको बालीनाली फँडानी गरेर सरकारले गलत गरेको बताउनुभयो । सर्लाहीको ढुंग्रखोला, मुर्तिया, घुर्कौली, जानकीनगर लगायतका ठाउँमा परियोजनाको २५ सय हेक्टर भन्दा धेरै जमिन अतिक्रमण गरेर स्थानीय बासिन्दाले घरबाससहित खेतीगर्दै आएका छन् । आफ्नो नाममा विघौं जग्गा हुनेले पनि परियोजनाको जग्गा अतिक्रमण गर्ने गरेका परियोजनाका कर्मचारी बताउँछन् । वर्षौं अघिदेखि सुकुम्बासीको नाममा परियोजनाको जग्गा अतिक्रमण हुँदै आएपनि परियोजनाले हटाउन सकेको छैन । अतिक्रमण गरेको जग्गामा स्थानीय बासिन्दाले मकै, धान, गहँलगायतका खेतीगर्दै आएका छन् । अतिक्रमणकारीको संख्या धेरै भएकाले परियोजनाले मात्र अतिक्रमण रोक्ननसकेपछि प्रहरीको सहयोग माग्नु परेको परियोजनाप्रमुखमिश्रले बताउनुभयो । उहाँलेअतिक्रमण खाली गरेर वृक्षारोपण गरिने जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Small arms
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 30
National/Online Media

0 Comments