Incident Reports

बलात्कार गरेको ठहरमा २२ वर्षकैदको फैसला

2015-11-09

Karnali, Dailekh, Narayan

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित जिल्ला अदालत दैलेखले ३७ वर्षीय एक व्यक्तिलाई २२ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट असार २० गते सो फैसला भएको अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिए । पीडित बालिकालाई बलात्कार गरेको कसूरमा १२ वर्ष र हाडनातामा बलात्कार गरेकोमा थप १० वर्षगरी २२ वर्षकैद भएको आचार्यले बताए । अदालतको फैसलामा पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउन महिला तथा बालबालिका कार्यालय दैलेखका नाममा आदेश गरिएको छ । जिल्ला अदालतले यस अघि पनि बलात्कारको मुद्दामा कसुरदारबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकोले राज्यकोषबाट पीडितलाई क्षतिपूर्ति दिलाउन आदेश गरेको थियो । बालिकाकी आमाले संरक्षकका हैसियतले ०७२ कार्तिक २३ गते प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतले यस्तो फैसला सुनाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments