Incident Reports

Women being trafficked to Kuwait rescued, two arrested

2016-07-06

Police have arrested two persons on the charge of woman trafficking. The arrested are Laxman Sapkota, 36 and Rimjim Tamang, 28, resident of Sindhupalchok and currently living in Makalbari, Jorpati. A joint team of police mobilized from Police Sector. Nagdhunga and Maiti Nepal had found two girls aged 20, resident of Dubachaur-7, Sindhupalchok, in a microbus heading to Pokhara from Kathmandu during a regular checking at Thankot. Sapkota had taken Rs 6,000 to take the girls to Delhi from Kathmandu, while Tamang had taken Rs 10,000 to take them to Kuwait via Delhi. Police are further investigating the case. महिला बेचबिखनमा संलग्न रहेको अभियोगमा बाग्लुङ घर भई हाल काठमाडौंको जोरपाटी माकलबारी बस्ने ३६ वर्षीय लक्ष्मण सापकोटा र सिन्धुपाल्चोक दुवाचौर गाविस–७ घर भई हाल काठमाडौँ जोरपाटी माकलबारी बस्ने २८ वर्षीय रिमजिम तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरी र माइती नेपालको संयुक्त टोलीले मंगलबार काठमाडाँैबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख २०५८ नम्बरको माइक्रो बस चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको दुवााचौर–७ बस्ने २० वर्षीया दुई महिलालाई उनीहरुले भारतको दिल्ली हुँदै कुबेत लैजान लागेको अवस्थामा फेला पारेको थियो । सापकोटाले ६ हजार रुपैँया लिएर काठमाडौँदेखि दिल्लीसम्म पु¥याउन ती महिलाहरुको जिम्मा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले गाँउमा रहेका काकाबाट नगद १० हजार रुपैयाँ लिई दिल्ली हुँदै कुवेतसम्म बेचबिखनको लागि पठाउन सहयोग गर्ने गरेको भन्ने खुल्न आएको हो । युवतीलाई दिल्ली हुँदै कुबेत लैजान लागेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

0 Comments