Incident Reports

दस हजार लिएर दिल्ली हुँदै कुबेतमा नेपाली युवती

2016-07-06

२ ख २०५८ नम्बरको माइक्रो बस चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको दुवााचौर–७ बस्ने २० वर्षीया दुई महिलालाई उनीहरुले भारतको दिल्ली हुँदै कुबेत लैजान लागेको अवस्थामा फेला पारेको थियो । सापकोटाले ६ हजार रुपैँया लिएर काठमाडौँदेखि दिल्लीसम्म पु¥याउन ती महिलाहरुको जिम्मा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले गाँउमा रहेका काकाबाट नगद १० हजार रुपैयाँ लिई दिल्ली हुँदै कुवेतसम्म बेचबिखनको लागि पठाउन सहयोग गर्ने गरेको भन्ने खुल्न आएको हो । युवतीलाई दिल्ली हुँदै कुबेत लैजान लागेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

0 Comments