Incident Reports

धारिलो हतियारले हानेर एक महिलाको हत्या

2016-07-06

Lumbini, Dang, Lamahi

दाङ देउखुरीमा धारिलो हतियारले हानेर एक जना महिलाको हत्या भएको छ । देउखुरीको सतवरिया–८ रिहार बस्ने २७ वर्षकी बालिका चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार राति धारिलो हतियार प्रहार गरी उनको हत्या भएको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो । रिहारमा किराना पसल गर्दै आएकी चौधरी पसल भएकै घरमा डेरा गरेर बस्नुहुन्थ्यो । शव नजिकै धारिलो चक्कु फेला पर्नुका साथै शरिरमा खत समेत देखिएको प्रहरीले बताएको छ । चौधरीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments