Incident Reports

डा. केसीको आठौं चरणको अनसन सुरु, माग पूरा नहुञ्जेल अनसन बस्छु: डा. केसी

2016-07-10

Bagmati, Kathmandu, Kathmandu, Ward 3

 डा. गोविन्द केसीले आफ्ना माग पुरा नहुन्जेल अनसन बस्ने बताएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएका विकृतिविरुद्ध आठौं चरणको आमरण अनशन सुरुश गर्नु अघि वरिष्ठ चिकित्सक केसी आज पत्रकार सम्मेलन गर्दै माग पुरा नभएसम्म अनसन बस्ने बताएका हुन्। पत्रकार सम्मेलनमा उनले आफ्ना माग पढेर सुनाए। यस पट केसीले ४ बुँदामा आफ्ना माग समेटेका छन्। व्यापारीक स्वार्थका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले सुधारको प्रक्रिया अवरुद्ध पारेको आरोप लगाएका छन्। उनले भनेका छन्, 'भ्रष्टहरुलाई संरक्षण दिएका र अरुलाई ब्ल्याकमेलिङ गरिरहेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदअआ प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसदले महाभियोगको प्रकिया अघि बढाओस्।' उनले अख्तियारका आयुक्त राजनारायण पाठकमाथि समेत महाभियोगको प्रक्रिया अघि बढाउन उनले भनेका छन्। माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठान सम्वन्धि हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न केसीले माग गरेका छन्। चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर निहित स्वार्थका लागि सो प्रतिष्ठानसम्वन्धी विधेयक पारित गर्न खोज्ने सांसदहरुमाथि समेत कानूनी प्रक्रिया बमोजिम छानविन र कारवाही प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ। केसीले विगतमा भएका सम्झौता कार्यान्वयन गर्न समेत भनेका छन्। चिकित्सा शक्षा ऐनमा सुधार गरेर यही अधिवेशनबाट पारित गर्नु पर्ने उनको माग रहेको छ।

0 Comments