Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-07

Province 1, Khotang, Jantedhunga, Ward 1

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चिसापानी-१ का ५९ वर्षीय भीम कटुवाललाई इलाका प्रहरी कार्यालय चिसापानीले असार २३ गते गिरफ्तार गरी असार २४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा मुद्दा दर्ता गरिएको छ । आरोपितले गत जेठ २५ गते बलात्कार गरेको र बलात्कार गरेको घटना प्रहरी र आफन्तलाई भनेमा ज्यान मार्ने धम्की दिएका कारण पीडित पक्षले उजुरीसमेत ढिला दिएको थियो । पीडितले इलाका प्रहरी कार्यालय चिसापानीमा असार २२ गते दिएको उजुरीका आधारमा आरोपितलाई चिसापानी प्रहरीले असार २३ गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी विद्यानन्द माझीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २२ गते इलाका स्वास्थ्य केन्द्र चिसापानीमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total damaged Buildings o
INSEC

0 Comments