Incident Reports

संघीय गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

2016-07-18

Bagmati, Kathmandu, Kathmandu, Ward 10

केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संविधानप्रति असहमति जनाउँदै गत जेठदेखि राजधानी केन्द्रित गरेको गठबन्धनको पहिलो चरणको आन्दोलन सकिएपछि दो्रस्रो चरणको शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेको हो। साउन पाँचदेखि भदौ २८ गतेसम्म गर्ने भनिएका सबै विरोधका कार्यक्रम अन्तरक्रिायत्मक रहेको गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए। ‘योबीचमा जम्मा दशवटा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ,’ झाले भने,‘ती सबै कार्यक्रम राजमार्ग केन्द्रित हुनेछन्।’ गठबन्धनको बैठकले वर्तमान सरकार विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपनि तत्काल सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ। गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा कांग्रेस–माओवादी गठबन्धनले निश्चित समयावधी तोकेर पूरा गर्ने लिखित प्रतिबद्धता जनाए प्रधानमन्त्री निर्वाचनमा भाग लिने निर्णय गरेको छ। ‘गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा कांग्रेस–माओवादी गठबन्धनले निश्चित समयावधी तोकेर पूरा गर्ने लिखित प्रतिबद्धता जनाए प्रधानमन्त्रीको निर्वाचनामा भाग लिने सकिने निर्णय गरेको छ,’ झाले भने,‘तर तत्काल सरकारमा भने सहभागी नहुने गठबन्धनको निर्णय यथावत छ।’ कांग्रेस माओवादीले भने मधेसी मोर्चालाई सरकारमा सहभागी गराउन नेताहरुलाई फकाउन थालेका छन्। गठबन्धनले उठाउँदै आएको माग संविधान संशोधनमार्फत पूरा गर्न सकिने भन्दै नयाँ सरकारमा सहभागी हुन गठबन्धनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन अगाडि आग्रह गरेका थिए।

0 Comments

Related Trend Analysis