Incident Reports

पाँचथरमा खुकुरी प्रहारबाट एकको हत्या, दुई घाइते

2016-07-19

पाँचथरको फिदीम २ मा आज विहान खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम २ का ५० बर्षीय देवराज लिम्बु छन् । छिमेकी जय तुम्बाफोको घरमा किरियापुत्री रुङ्न बसेका स्थानीय १९ वर्षका कुन्दन भन्ने मनोज तुम्बाहाम्फे र देवराज लिम्बुबीच वादविवाद भएको थियो । विवाद साम्य भएपछि घरतर्फ लागेका देवराजलाई मनोजले पिछा गर्नै घरमै गएर खुकुरी हानेको प्रहरीले जनाएको छ । राती १ बजे घरमै पुगेर मनोजले देवराजमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका उनकी २६ बर्षीया छोरी सावित्रा लिम्बु र १९ वर्षका छोरा आइन्द्र लिम्बुसमेत घाइते भएका छन । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तीनै जनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजानेक्रममा बाबु देवराजको बाटैमा मृत्यु भएको हो । घाइते दिदी भाइको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि धरान घोपा पठाइएको छ । खुकुरी प्रहार गर्ने मनोज तुम्बाहाम्फे फरार रहेकाले खोजी भइरहेको पाँचथरका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 2
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments