Incident Reports

अनिश्चितकालिन सुदूरपश्चिम बन्दले सर्वसाधारणलाई सास्ती

2016-07-31

Sudurpashchim, Kailali, Dhangadhi

डौड–६ थापागाउँका कर्णबहादुर थापा औषधिका लागि धनगढी जान शनिबार बिहानै दिपायल पुगे। दिपायल पुग्दा उनी छाँगाबाट खसेजस्तै भए। ‘आज त गाडी बन्द छ, त्यो पनि अनिश्चितकालिन,’ उनलाई कसैले सुनायो। उनका निधारबाट चिटचिट पसिना निस्कियो। अब के गर्ने ? उनलाई शनिबार जसरी पनि धनगढी पुग्नु थियो। खर्च पनि थोरै मात्रै बोकेका थिए। ‘डाक्टरले लेखिदिएको औषधि सकिसकेको छ। अरु ठाउँ पाईंदैन, धनगढी नै पुग्नुपर्छ,’ उनी दुखेसो पोख्दैथिए, ‘खर्च पनि धेरै बोकेको छैन। ठिक्क धनगढी पुग्न, औषधी किन्न र घर फर्किन मात्रै पुग्छ। यता बन्द रे। कतिदिनमा खुल्ने हो थाहा छैन।’ पिपल्ला बजारमा भेटिएका उनले साँझसम्म खुल्छ की भन्ने आशामा बसेको बताए। शनिबार उनको जस्तै मनोदशामा तिखात्तर–६ स्यालपाखाका जुवान सिँह रावल (६७) पनि भेटिए। ‘छोरो बिरामी परेर औषधिका लागि सिम्ला(भारतको सिम्ला) को अस्पतालमा छ,’ दुःख प्रकट गर्दै उनले भने, ‘उ जाँदा थोरै पैसा लगेर गएको छ। लत्ताकपडा पनि छैन। थोरै घरमा भएको पैसा र कपडा लगेर जाउँ भनेर आए। यता त बन्द रैछ।’ दिपायल बसपार्कमा थन्क्याईएका सवारी साधनहरु उनीहरुजस्तै शनिबार दिपायलमा थुप्रै सर्वसाधारण यात्रुहरु अलपत्र थिए। सीमित खर्च बोकेर यात्रामा निस्किएकाहरु साँझ के गर्ने कहाँ बस्ने भन्ने अन्योलमा थिए। धेरैजनालाई त, बन्द कस्ले र किन ग¥यो भन्नेसम्म थाहा थिएन। बस संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिमका विभिन्न ८ वटा बस व्यवसायी समितिहरुले शनिबार सुदूरपश्चिमभर अनिश्चितकालिन यातायात सेवा बन्द गरेका हुन्। यो समाचार तयार पार्दासम्म बन्द खुलेको छैन। भर्खरै दर्ता प्रक्रिया सकिएर धनगढीबाट शुक्र यातायात सेवा शुरु गर्न लागेको बडीमालिका यातायातको दर्ता प्रक्रिया नै अवैध भएको भन्दै शुक्रबार धनगढीका यातायात व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए। त्यसपछि प्रहरीले स्कर्टिङ्ग गरेर बस संचालन गराउने प्रयास गरेको थियो। त्यसमा पनि व्यवसायीहरुले अवरोधको प्रयास गरेपछि प्रहरीले अवरोधकारीमाथि लाठीचार्ज गरेको थियो। प्रहरीको लाठीचार्जबाट केही यातायात मजदुर घाइतेसमेत भएपछि उनीहरु विरोधमा रहेका यातायात व्यसायीले बताउका छन्। सोही क्रममा प्रहरीले केही यातायात मजदुरहरु नियन्त्रणमा पनि लिएको थियो। जसमा टेक खड्का, पृथ्वी जोशी, राम थापा, यादव ऐर र चन्द्रप्रसाद मिश्रा रहेको प्रहरीले जनाएको छ। यही बिषयलाई लिएर बडिमालिकाको अबैध दर्ता प्रक्रिया रोक्नुपर्ने, प्रहरीले नियन्त्रणमा लिएका मजदुरहरुलाई बिनाशर्त रिहा गर्नुपर्ने माग राख्दै यातायात व्यावसायीहरुले सुदूरपश्चिम भरी नै यातायात सेवा ठप्प पारेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments