Incident Reports

घाटी थिचेर श्रीमतीको हत्या

2016-07-31

Madhes, Parsa, Kalikamai

पर्साको भेडिहारी गाविसका एक व्याक्तिले घाँटी थिचेर आफनी श्रीमतीको हत्या गरेका छन् । भेडिहारी गाविस वडा नम्बर ९ गदीयानीका परमा महत्तोले श्रीमती २२ वर्षिया रमावती देवीको बिहिबार राति हत्या गरेका हुन् । हत्यापछि रमावतीको शव परमाले बिहिबार राति नै घर नजिकैको धानखेतमा लगेर गाडेर फरार भएका थिए । प्रहरीले रमावतीको शव स्थानीय नागेश्वर तेलीको धानखेतमा गाडिएको अवस्थामा शुक्रबार साँझ बरामद गरेको थियो । अभियुक्त परमालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या पछि परमा भागेर भारत बिहारको सेनवरिया स्थित मामा घरमा लुकेर बसेका थिए । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सोनवरीया गाँउबाट आरोपित परमालाइ शुक्रबार साँझ पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले बताए । यस्तै हत्यामा संलग्न रहेको आशंकमा मृतक रमावती देवीकी सासु जगीया देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै आमा छोरालाइ इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बोगटीले जानकारी दिए ।मृतक रमावती देवीका ससुरा भैयाराम महत्तो घटना भएकै दिन देखि फरार छन् । स्थानीयले घटनाका बारेमा जानकारी दिएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरिक्षक चक्र बहादुर शाहको नेतृत्वमा खटिएको टोलीले परमाको घरबाट दुइ सय मिटरको दुरीमा रहेको धान खेतमा रमावती देवीको शव गाडिएको अवस्थामा बरामद गरेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments