Incident Reports

नेपाल-भारत सीमा क्षेत्रबाट हतियारसहित चारजना पक्राउ

2016-07-31

Madhes, Rautahat, Gaur

रौतहटमा सशस्त्र प्रहरीले हतियार सहित चारजनालाई पक्राउ गरेको छ। उनीहरुबाट दुई थान पेस्तोल वरामद भएको छ। रौतहट रामपुरखापका समेन्द्र पटेल, राकेश सिं, राकेश पटेल र कमलेश पटेलाई पक्राउ गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रको सर्मुजवा–८ बंकुल बजारबाट आईतबार उनीहरुलाई पक्राउ गरिएको हो। विशेष सूचनाको आधारमा रुद्रबाहिनी पथलैयाबाट खटिएको सशस्त्रको टोलीले उनीहरुलाई पक्राउ गरेको डिआइजि बाबुराम पाण्डेले बताए। उनीहरु हतियारसहित सीमा क्षेत्रमा आपराधिक गतिबिधि संलग्न रहेका हुन सक्ने पाण्डेले बताए।

0 Comments