Incident Reports

बहुविवाह गरेको आरोपमा प्रहरीमा पतिविरुद्ध उजुरी

2016-08-03

Madhes, Saptari, Saptakoshi

सप्तकोशी नपा-७ घर भई सप्तकोशी नपा-२ स्थित माइतीघरमा विस्थापित २७ वर्षीया आकाशकुमारी चौधरीले ३० वर्षीय पति बालकृष्ण चौधरी र बालकृष्णकी कान्छी पत्नी प्रितमकुमारी चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०७३ साउन १९ गते उजुरी दिएकी छन् । पिप्रा पूर्व गाविस-२ की प्रतिमा र बालकृष्णबीच गत जेठ ८ गते जिल्ला अदालतबाट नाताकायम भई दोस्रो विवाह भएको भन्दै पीडितले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए । नाताकायम गरेको विषयमा बुझन र आफ्नो पीडा सुनाउन असार २४ गते घर जाँदा आरोपितहरूले बहुविवाह गरेको स्पष्ट भएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताइन् । मादक पदार्थ सेवन गरी दाइजो माग गर्दै गालीगलौज र कुटपिट गरी आरोपितले जेठ १९ गते घरनिकाला गरेदेखि पीडित सप्तकोशी नपा-२ स्थित माइतीघरमा विस्थापित छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Related to disputes over dowry
Secondary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments