Incident Reports

भाडा घटाएको भन्दै ३ दिनदेखि आन्दोलन

2016-07-30

Karnali, Jajarkot, Bheri

सरकारले भाडा घटाएको भन्दै तीन दिनदेखि जाजरकोटका यातायात व्यवसायीले यातायात सेवा बन्द गराएका छन् । बन्दका कारण जाजरकोट सदरमुकाम खलंगा भित्रिने र बाहिरिने सबै यातायातका साधन ठप्प भएका छन् । यातायात सेवा नचल्दा यात्रुहरु अलपत्र परेका छन् । तर यातायात सञ्चालनका लागि अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल गरेको छैन । गन्तब्यमा जानको लागि जिल्लाका ग्रामिण भेग र डोल्पाबाट आएका यात्रुहरु सदरमुकाममै अलपत्र परेको जाजरकोट रग्दाकी माया रावतले बताउनुभयो । छोराको उपचार गराउन नेपालगञ्ज जाने भनेर एक दिन हिँडेर सदरमुकाम आएपनि गाडी नचलेपछि आफु तीन दिन देखि सदरमुकाममै अलपत्र परेको उहाँको गुनासो छ । यातायात ब्यवस्था विभागले छिन्चु जाजरकोट सडकको राकम खलंगा खण्डलाई यातायात सञ्चालन गर्न अनुमति दिए सँगै एक हप्ताअघि सरकारी भाडादर कायम गरिएको थियो । यसअघि मनोमानी रुपमा भाडा उठाउँदै आएका ब्यवसायी नयाँ भाडादर कायम सँगै विरोधमा उत्रिएका हुन् । यसअघि यातायात ब्यवसायीले जाजरकोट देखि नेपालगञ्ज सम्म ९ सय देखि १२ सय रुपैयाँसम्म भाडा उठाउँदै आएका थिए । तर नयाँ भाडा दर कायम भएसँगै जाजरकोट देखि नेपालगञ्जसम्म भाडा चार सय ६५ रुपैयाँ लागु गरिएपछि ठग्न नपएकाोमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । भेरी–गंगा यातायात ब्यवसायी संघका अध्यक्ष नवराज सिंहले भाडा समायोजनले ब्यवसायीलाई निकै मर्का परेकोले आफूहरु बाध्य भएर विरोधमा उत्रिएको बताउनुभयो । भाडा बढाउने निर्णय नभएसम्म यातायात सेवा ठप्प रहने उहाँले बताउनुभयो । तर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कुनै हालतमा ब्यवसायीका माग पुरा नहुने जानकारी दिनुभएको छ । उहाँले यातायात ब्यवस्था विभागले निर्धारण गरेको दररेट भन्दा तलमाथि हुन नसक्ने बताउनुभयो । वर्षौदेखि यात्रुलाई लुट्दै आएका यातायात ब्यवसायीसँग वार्ता समेत नगर्ने बरु कानुनी प्रक्रिया अनुसार अघि बढ्ने चेतावनी प्रमुख जिल्ला अधिकारीले गौतमले दिनुभयो । प्रतिक्रिया दिनुहोस
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Road block
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments