Incident Reports

बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला

2016-08-08

Gandaki, Kaski, Pokhara Lekhnath

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१ वर्षकैदको फैसला सुनाएको छ । गत फागुन महिनामा पटकपटक बलात्कार गरेको र अन्तिम पटक फागुनको २५ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले दिएको उजुरीको आधारमा आरोपितलाई फागुन ३० गते प्रहरीले गिरफ्तार गरेको थियो । आचार्यलाई जिल्ला अदालतले चैत २६ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । उनलाई हाडनाता करणी गरेको ठहरमा १० वर्ष र जबरजस्ती करणी गरेको ठहरमा ११ वर्षगरी २१ वर्षकैद तथा पीडितका लागि १ लाख ५० हजार क्षतिपूर्ति दिलाउने फैसला भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी खुमप्रसाद भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments