Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

2016-08-09

Karnali, Jumla, Chandannath, Ward 4

बहुविवाह गरेको कसुरमा गज्याङ्कोट गाविस-४ उखाडीगाउँका ३८ वर्षीय कृष्णप्रसाद अधिकारी र सोही गाविस-३ की २५ वर्षीया पार्वती भण्डारीलाई जिल्ला अदालत जुम्लाले दोषी ठहर गर्दै एक/एक वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कृपासुर कार्कीको साउन २४ गतेको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेले जानकारी दिए । उनीहरूले बहुविवाह गरेको भन्दै कृष्णबहादुरकी जेठी पत्नी ३५ वर्षीया निर्मला अधिकारीले गत वैशाख २३ गते जिल्ला प्र्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी थिइन् । कृष्णबहादुरले पार्वतीसँग ०७२ चैत १८ गते बहुविवाह गरेको निर्मलाले जानकारी दिइन् । सो मुद्दामा जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत जिल्ला अदालत जुम्लामा जेठ १७ गते मुद्दा दायर गरेको थियो । बहुविवाह मुद्दाका आरोपित कृष्णबहादुर र पार्वतीलाई प्रतिव्यक्ति ५०/५० हजार रुपियाँ धरौटीसहित तारेखमा छाड्न अदालतले गरेको आदेश अनुसार दुवैजनालाई जेठ २३ गते प्रहरीले रिहा गरेको थियो ।

0 Comments