Incident Reports

युवतीलाई जबर्जस्ती गर्ने साउदी नागरिक पक्राउ

2016-08-11

युवतीलाई पैसा दिएर जबर्जस्ती गर्न खोज्ने एकजना विदेशी नागरिक मंगलबार मध्यरातमा ठमेलबाट पक्राउ परेका छन्। प्रहरीले एक साताअघि नेपाल आएर ठमेलको होटल टाइमामा बसेका साउदी अरबका नागरिक इब्राहिम हसन सिद्धिकीलाई पक्रेको हो। उनको पासपोर्ट नम्बर १७२१६८३ छ। महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार म्यानपावर कम्पनीको अन्तर्वार्ता लिन आएका सिद्धिकीले मंगलबार होटल कामदार दिपक माझीलाई कम उमेरका केटी यौनसम्पर्कका लागि ल्याउन भनेका थिए। सिद्धिकीले भने अनुसार माझीले ठमेल क्षेत्रमा यौन व्यवसायमा संलग्न एकजना १६ वर्षे युवतीलाई होटलमा लगेका थिए। होटलको कोठामा पस्नासाथ ५४ वर्षीय मोटाघाटा सिद्धिकीलाई देखेपछि युवती डराएर भाग्न खोज्दा उनले हातपात गर्दै जबर्जस्ती गरेका थिए। वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले युवतीको इच्छा नहुँदानहुँदै सिद्धिकीले जबर्जस्ती गरेपछि त्यहाँबाट भागेर प्रहरीको एकसय नम्बरमा फोन गरेकी थिइन्। 'हामीलाई जानकारी हुनासाथ तत्काल होटल पुगेर सिद्धिकीलाई नियन्त्रणमा लिएका थियांै, बुधबार मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता भएको छ,' राठौरले भने। वृत्तले सिद्धिकीसँग बयानका लागि भाषाको समस्या भएकाले थप विवरणका लागि दोभाषेको माग गरेको छ। सिद्धिकी कुन म्यानपावरका तर्फबाट अन्तर्वार्ताका लागि आएका हुन्, दोभाषे आएपछि खुल्ने राठौरले बताए। वृत्तका अनुसार पक्राउ परेका काभ्रेका माझीले पाँच सय रुपैयाँ कमिसन लिएर युवतीलाई होटल कोठासम्म लगेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments