Incident Reports

६० वर्षकी वृद्धा बलात्कार गरेर गहना लुट्ने एकजना पक्राउ

2016-08-05

Gandaki, Parbat, Phalebas, Ward 1

६० वर्षकी एक वृद्धालाई बलात्कार गरेर फरार भएका पर्वत त्रिवेणी गाविस–७ का झकबहादुर राना जिटीलाई वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार पर्वतको त्रिवेणी गाविस–७ बस्ने ३५ वर्षका झकबहादुरलाई मंगलबार पक्राउ गरिएको हो । मकैबारीमा काम गरिरहेकी वृद्धालाई झकबहादुरले बलात्कार गरेर वृद्धाले लगाएको तिलहरी र अन्य गहना चोरी गरेका प्रहरी निरीक्षक बरालले बताउनुभयो । फरार रहेको झकबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जबर्जस्ती करणी तथा चोरी मुद्दामा म्याद थप गरी कारबाही अगाडी बढाएको छ । झकबहादुरले यही साउन २१ गते बेलुका ६ बजेतिर ती वृद्धाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Robbery
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments