Incident Reports

पत्नीको हत्या गरी विष सेवन गरेको आरोप

2016-08-17

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको हाल अदालतमा सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको सोनमका मामा राजेन्द्र शर्माले बताए । अदालतमा मुद्दा दायर भएपछि अलग अलग बस्दै आएको अवस्थामा भदौ १ गते बुधवार साँझ ५ बजेको समयमा सोनम बसेको घरमा पुगेर छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । पत्नीको हत्या गरी आफूले विष सेवन गरको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । सञ्जिव नेपालीको गण्डकी मेडीकल कलेजमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको डिएसपी बज्राचार्यले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 1

0 Comments