Incident Reports

सामूहिक बलात्कार आरोपमा उजुरी दर्ता

2016-08-15

Madhes, Rautahat, Chandrapur

Bipin Gautam १२ वर्षीया बालिकालाई सिम्रा भवानीपुर गाविस-६ का ३० वर्षीय सलाहुद्धिन अन्सारी, सोही ठाउँका २६ वर्षीय असताफ देवान, सोही ठाउँका ३५ वर्षीय सहिद अन्सारी र सोही गाविस-५ का १८ वर्षीय असरफ मियाँले साउन ३१ गते राति सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाले भदौ ३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता गराएकी छन् । पीडित बालिकालाई आरोपित मध्येका असरफ मियाँ र असताफ देवानले मुख थुनेर आरोपित चार जना मध्ये सलाहुद्धिन अन्सारी र असरफ मियाँले पालैपाले बलात्कार गरेको र अन्य आरोपितले बालिकालाई समातेर राखेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । बालिकाको मौखिक उजुरीको आधारमा आरोपित मध्येका सलाहुद्धिन अन्सारीलाई भदौ २ गते नै प्रहरीले गिरफ्तार गरेको छ । बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा भदौ २ गते स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी मनोजकुमार यादवले बताए । विपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments