Incident Reports

पेस्तोलसहित सप्तरीमा एक पक्राउ

2016-08-24

Madhes, Saptari, Surunga

 सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । घरमा लुकाएर राखेको बन्दुक र गाँजा फेला पारेपछि प्रहरीले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरेको छ । प्रहरीको टोलीले उनको घरमा नौवटा बोरामा प्याक गरिएको ११५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस
National/Online Media

0 Comments