Incident Reports

बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार

2014-03-31

Lumbini, Dang, Ghorahi, Ward 16

बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले साउन ६ गते घोराहीबाट गिरफ्तार गरेको छ । ३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार गरेको घटनामा संलग्न भई घटनापछि फरार भएका चौधरीलाई दुई वर्षछि प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला अदालतले दुर्गा चौधरीलगायत चार जनालाई सफाई दिएपछि पीडितले जिल्ला अदालतको फैसला उपर चित्त नबुझेको भन्दै ०७२ असार ७ गते पुनरावेदन अदालतमा पुनरावेदन गरेकी थिइन् । पुनरावेदन अदालत तुलसीपुरका न्यायाधीश कुमार चुडाल र श्रीमनकुमार गौतमको संयुक्त इजलासले ०७३ जेठ ११ गते चौधरीलाई दोषी ठहर गर्दै १० वर्षकैद गर्ने फैसला गरेको थियो । बलात्कारपछि फरार रहेका चौधरीलाई गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए । घटनामा संलग्न पाँच जनामध्ये एक जनालाई जिल्ला अदालतले पाँच वर्षको कैद फैसला तोकेको थियो भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments