Incident Reports

सुत्केरी बलात्कार गर्ने पक्राउ

2016-08-24

Province 1, Sunsari, Dharan

एकसाताको सुत्केरी महिला बलात्कार गरेको आरोपमा धरान–१५ बाझोगरा बस्ने ३६ बर्षीय धनबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दमाई विरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार नै जवर्जस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए । दमाइले धरान–१५ बस्ने सुत्केरी महिलालाई हतियार देखाएर बलात्कार गरेका वयान दिएका छन् । गत बुधबार राती सुत्केरी महिला बलात्कार गरेर फरार रहेका दमाइलाई शुक्रबार प्रहरीले श्याम चोकबाट पक्राउ गरेको हो । बलात्कृत सुत्केरी महिला रगतपच्छे भएको अबस्थामा अभियुक्त दमाईकै घरबाट छिमेकीले उद्धार गरेका थिए । पिडित महिलाको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बलात्कृत भएप्छि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बिहिबार डिस्चार्ज गरिएको थियो। तर डिस्चार्ज भएर घरमा आएपछि पिडित महिलाले शुक्रबार बेलुका आत्माहत्या गर्ने प्रयास गरेकी थिईन् । पिडित महिलाले आत्महत्या प्रयास र रक्तस्राब भएपछि थप उपचारकालागि पुन: अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाका श्रीमान रिक्सा चलाउछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1

0 Comments