Incident Reports

बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला

2016-03-25

हाडनाता भित्रको १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै २७ वर्षीय एक युवकलाई जिल्ला अदालत रामेछापले भदौ १३ गते ६ वर्षको जेल सजायको फैसला सुनाएको छ । न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजालसले सो फैसला सुनाएको हो । पीडकबाट बालिकाको नाममा ५० हजार रुपियाँ भराउने फैसलासमेत अदालतले गरेको छ । फैसला अनुसार बलात्कार गरेको अभियोगमा ५ वर्ष र हाडनाताभित्रको भएकोले थप १ वर्षगरी ६ वर्षजेल सजाय सुनाइएको हो । पीडित बालिकालाई ०७२ चैत १९ गते बलात्कार गरेको अभियोगमा चैत २४ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७२ चैत २२ गते ठोसे स्वास्थ्य चौकीमा गरिएको थियो । आरोपितलाई प्रहरीले ०७२ चैत २२ गते ठोसेबाट गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments