Incident Reports

वीरेन्द्रको सालिक राख्दा नेपालगञ्जमा तनाव [Updated]

2016-09-01

Lumbini, Banke, Nepalgunj, Ward 1

Updated ------------------ प्रहरीको लाठीजार्चबाट चारजना प्रदर्शनकारी घाइते ‘म राष्ट्रभक्त हुँ’ भन्ने एक समूहले भदौ १६ गते नेपालगञ्जको वीरेन्द्र चोकमा प्रहरीलाई झुक्याएर स्वर्गीय वीरेन्द्र विरविक्रम शाहदेवको शालिक राखेपछि प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा प्रहरीले चलाएको लाठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का २९ वर्षीय चन्द्र हमालको टाउकोमा चोट लागेको छ । त्यसैगरी प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का ४९ वर्षीय मनोज श्रेष्ठ, नेपालगञ्ज उमनपा-२७ का ३२ वर्षीय मनोज जिएम, नेपालगञ्ज उमनपा-१६ का ३८ वर्षीय विजय गुरूङ सामान्य घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको ‘म राष्ट्रभक्त हुँ’ समूहका तेज नारायण कँडेलले जानकारी दिए । उनले देशभक्त नागरिकले स्वतस्फूर्त रूपले शालिक राखेको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले झण्डा राख्ने अनुमति लिएका प्रदर्शनकारीले झुक्याएर शालिक राखेको बताए । शालिक राख्दा अन्य राजनीतिक दलका कार्यकर्ता आएर विरोध गर्न सक्ने र सम्भावित झडपलाई रोक्नका लागि लाठिचार्ज गर्नुपरेको प्रहरीको भनाइ छ । उक्त घटनामा प्रहरीतर्फकोही घाइते नभएको एसपी राईले बताए । २०६२/०६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले स्वर्गीय विरेन्द्रको शालिक तोडफोड गरेपछि यहाँ कसैको पनि शालिक राखिएको थिएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth youth
Total Injured 4
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis