Incident Reports

झारफुक को नाममा बलात्कार प्रयास

2016-08-14

Lumbini, Banke, Nepalgunj

श्रीमान सधै बिरामी भइरहने । साउन ३० गते एकजना जागा (रांगा ब्यापारी ) घरमा आइपुगे । उनले झारफुक गरेर श्रीमानलाई निको बनाइदिने बताएपछि बाँकेकी मंगली थारु (नाम परिवर्तन ) खुशी भइन्। श्रीमानलाई झारफुक भयो । त्यसपछि श्रीमान गाउतिर गए । जागाले मंगलीलाई भने, - 'तेरो कारणले श्रीमान बिरामी भइरहेका हुन् ।तलाई फुक्नु पर्छ।' सोझी मंगली विश्वासमा परिन । जागाले मन्त्र पढ्न शुरु गरे । मन्त्र पढ्दै मंगलीको एक-एक कपडा खोल्न लगाए । आफूले पनि खोले । त्यसपछि मंगलीलाई काखमा बस्न भने । मंगलीले मानिनन् र भागिन् । चलाख जागाले उतिनैखेर सम्झाए -'नभाग , तिमीलाई केही हुन्न । मंगलबार यस्तो झारफुक गर्नुपर्छ । अहिले घरमै बस । ' त्यो दिन हिडेका जागा भदौ ७ गते मंगलबार फेरि आइपुगे । साउन ३० गतेको घटना सबै थाहा पाइसकेका मंगलीका परिवार र स्थानीय मिलेर जागालाई समाते । केही एक/दुई झापड हने र प्रहरीलाई बुझाए । झारफुकका नाममा बलात्कार प्रयास गर्ने बर्दियाका नसिम जागा हुन् । रागा व्यापार गर्ने जागाले झारफुक भन्दा पनि सोझी मंगलीलाई बलात्कार गर्ने मनशाय बनाएको घटना विवरणबाट देखिन्छ । मंगली र स्थानीयले जागालाई बुझाएर करणी उद्योगको निवेदन दर्ता गरेपछि प्रहरीले सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाएको छ । गाउघरमा अझैपनि झारफुकलाई बढी महत्व दिने गरिन्छ । पखाला लाग्दादेखी सर्पले टोक्दासम्म झारफुकमा विश्वास गरेको पाइन्छ । श्रीमान बिरामी हुदासमेत सृमतिलाई दोष देखाएर बलात्कार प्रयास गर्नुले समाजमा हदैसम्मको अन्धविश्वास विधमान रहेको देखाएको छ । श्रीमानलाई निको हुन्छ भनेपछि सृमति बुटी बाध्न तयार भएकी थिइन्।तर, जागाले नाङ्गो बनाएर आफ्नो काखमा बस्न भनेपछि उसको नियतमाथि शंका गर्न भ्याएकै कारण उनी जोगिन सफल भइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1

0 Comments